एक लट स्वात्त गयो।
म चिलमा बसिराको थिए। अर्को लट स्वात्त गयो। अरे के भयो यो अनौठो?
“त पनि एक हान् न त स्वात्त,” उसले भन्यो।
हान्दिम्ला भनेर सोचिराको थिए तर एक्कासी टाउको रनन रन्किन थाल्यो। आकाश त तेही नै थियो टाउको माथि। आखिर के नै भको थियो र? चराहरु नि चिर्बिर गरिरहेकै थिए। तर यो ओझेललाग्दो छतले सबै कुरा हेर्न बाट रोकिरहेको थियो। केवल बडेमानको झ्यालको निर्देशणमा जीवन चल्दै थियो।
“भैगो एस्तो कुराहरु धेरै नगरम,” मैले भने।
“ठिकै छ,” उसले एक श्वासमा भन्यो।
“ल है त ह्यप्पी निउ यर,” मैले भने अनी गुम्लुङ्ग सिरक भित्र छिरे।
“है त, ह्यप्पी निउ यर,” स्वात्त पार्दै भन्यो उस्ले।
म भुक्लुक्क निदाएँ।